Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

पूर्वसांसद पौडेल निधन


काठमाडौँ – पूर्वसांसद तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ ।
पूर्वीय दर्शनका जानकार पौडेलको पशुपतिस्थित वैद्यखानामा आज बिहान निधन भएको हो । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आउनुभएका पौडेललाई मस्तिष्काघात भएको थियो । सुरुमा पौडेललाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको थियो । पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै वैद्यखानामा लगिएको थियो । पौडेलले राष्ट्रियसभा सदस्य हुँदा सरकारले दिएको गाडीको सुविधासमेत लिनुभएको थिएन । पौडेल नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत हुनुहुनथ्यो ।