Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

गुजरातको कोभिड अस्पतालमा भीषण आगलागी, १५ जनाको मृत्यु


काठमाडौँ – भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी भएको छ । आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ । जसमा १२ जना कोरोनाको बिरामी भएको र तीन जना अस्पताको कर्मचारी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार मध्यराति १२ बजे आगलागी भएको थियो । पटेल वेलफेयर अस्पतालमा आगालागी हुँदा उपचाररत संक्रमितहरूको मृत्यु भएको हो । मृतकको संख्या अझै बढ्ने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
त्यस्तै भारतमा एकैदिन चारलाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार लाख दुई हजारभन्दा बढी संक्रमित हुँदा तीन हजार पाँच सय २२ जनाको मृत्यु भएको छ ।