Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

राष्ट्रपतिद्वारा श्रमिक दिवसको शुभकामना,कोरोनाले रोजगार गुमाएकालाई प्रबन्ध मिलाउन आग्रह

पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकलाई आवश्यक प्रबन्ध मिलाउन आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको हो । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै भण्डारीले सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रम अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिने उहाँले बताउनुभएको छ । राष्ट्रपति भण्डारीले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियमहरू कडाका साथ अवलम्बन गर्न पनि आह्वान गर्नुभएको छ ।