Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

निषेधाज्ञा जारी हुने जिल्लाको सख्या २४ पुग्यो


काठमाडौँ – कोरोना महामारीको दोस्रो लहर तीब्र रूपमा बढेसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म २४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ती मध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभर निषेधाज्ञा गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौँ उपत्यका तथा तराईमा पाँच सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विज्ञहरूले सचेतना अपनाउन आग्रह गर्दै आएका छन् ।