समाचार

भूकम्प गएको ६ बर्षमा धरहरा त बन्यो, अरु के भयो प्रगति ? धरहरा र रानीपोखरी हेरेर चित्त बुझाउनुपर्ने हो ?

ऐतिहासिका तथा सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण हालसम्म ५३ प्रतिशतमात्र सम्पन्न भएको छ ।


काठमाडौँ – गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको आज ६ वर्ष पुरा भएको छ । भुकम्पबाट कहालीलाग्दो त्यो दिनको घटनाले ८ हजार बढीको ज्यान लियो भने कैयौँ निजीआवास, विद्यालय भवन र सांस्कृतिक सम्पदा तहसनहस बने । ६ वर्षको यो अवधिमा धरहरा, रानीपोखरी बनेपनि अन्य सास्कृतिक सम्पदाको पुनर्निर्माणमा भने चुनौती देखिएको छ ।
२०७२ सालको विनाशकारी भुकम्पले करिब ९ सय साँस्कृतिक सम्पदाहरु तहशनहस बनेका थिए । सो भुकम्पले धरहरा, रानीपोखरी पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । यी महत्वपूर्ण सम्पदा यतिबेला भने पूर्ववत् रुपमै फर्किएका छन् ।

सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा करिव ३ अर्ब भन्दा बढि खर्च भइसकेको छ । तर उपलव्धि भने धरहरा र रानीपोखरी हेरेर चित्त बुझउनुपर्ने अवस्था छ । निजीआवास, शैक्षिक संघसंस्थाहरुको पुर्ननिर्माण सन्तोषजनक भएपनि परम्परागत रुपमा सम्पदा पुनर्निर्माण गर्नुपर्ने भएकाले पनि केही ढिलाई भएको पुरातत्व विभाग बताउँछ । देश संघीयतामा गएसँगै सम्पदा संरक्षण तथा सम्वन्यमा स्थानीय निकायको पनि अहम भूमिका रहन्छ । तर सम्पदा पुनर्निर्माणका कतिपय क्षेत्रमा भने स्थानीय सरकारले चासो नदेखाउँदा सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा ढिलाई भएको हो ।

ऐतिहासिका तथा सांस्कृतिक महत्वका सम्पदाको पुनर्निर्माण हालसम्म ५३ प्रतिशतमात्र सम्पन्न भएको छ । सम्पदा पुनर्निर्माणमा मुख्य समस्या भनेको काठ पर्याप्त मात्रामा नपाइने रहेको विभाग बताउछ। विभागले सम्पुर्ण सम्पदा पुनर्निर्माण गर्न १० अर्ब ८ करोड ८५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ ।