Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

कोरोना संक्रमणको चक्रलाई रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँ नै हुँदैन : स्वास्थ्य मन्त्रालय

सबै परीक्षाहरु स्थगित गर्न सीसीएमसीको सिफारिस


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिन भित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताउनुभयो ।

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ । यसैबीच कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।