Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कमल थापाको प्रधानमन्त्रीलाई आग्रह : उद्घाटन, शिलान्यास रोकेर महामारी नियन्त्रणमा ध्यान दिनुस्


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । थापाले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भएको समयमा उद्घाटन, शिलान्यासलाई छाडेर महामारी नियन्त्रणमा सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष थापाले कोरोना महामारीले अवस्था भयावह बन्दै गरेको अवस्थामा अहिले योजनाहरुको शिलान्यास र उद्घाटन गर्नेभन्दा पनि महामारी नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले दुःखको बेला जनताले सरकारको भरोसा खोजिरहेको भन्दै महामारी नियन्त्रणमा सरकारको ध्यान जाओस भन्दै आग्रह समेत गर्नुभयो ।