राजनीति

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक


काठमाडौँ – प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीका एक सदस्यका अनुसार अध्यक्ष ओलीले आज (आइतबार) बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

उनका अनुसार बैठकमा सहभागिताका लागि शनिबार राति ११ बजे खबर आएको हो ।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक डाकेको उनको भनाइ छ ।

बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन्।