Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

एमालेको मुख्यालय थापाथलीबाट आजदेखि कार्यालय संचालन



काठमाडौँ – नेकपा एमालेको पार्टी मुख्यालय बिहीबारदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । सो कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको थियो । यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो ।

बिहीबार प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको हो । यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केही बेर पार्टी कार्यालययमा बस्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गर्नुभएको थियो । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।