बिजनेस

नेप्से दोहोरो अंकले बढ्यो


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक विहीवार दोहोरो अंकले बढेको छ । नेप्से २५.८२ अंकले बढेर दुई हजार छ सय ११ दशमलब १० विन्दुमा पुगेको छ भने ४ अर्ब ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ । त्यस्तै, विहीवार नेप्सेमा कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

विहीवार पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी इनर्जी कम्पनी, सांन्जेन जलविद्युत कम्पनी र नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक रहेका छन् ।