कोरोना विशेष

निषेधाज्ञा लागिसकेपछि अब के गर्ने ? यस्तो छ विज्ञहरुको सुझाव

नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही, राजनीतिक असंवेदनशीता र सीमा आवस्यक सतर्कता नअपनाउनु नै भएको विज्ञहरु बताउछन् ।


काठमाडौँ – काडमाडौँ उपत्यकामा कोरोनासंक्रमणको दोस्रो लहर बढ्दै गएपछि तीनै जिल्लामा बिहीबारबाट निषेधाज्ञा लागू भएको छ । निषेधज्ञा अवधिमा जनताले सरकारको निर्देशन पालना गरेर सघाउनु पर्छ भने सरकारले कोरोना नियन्त्रणको लागि आवश्यक दुर्त गतिमा चाल्नुपर्ने देखिन्छ ।
सरकारले गत वर्ष साउनको ६ गते लकडाउन हटाएसँगै मानिसका आनीबानी र व्यवहार परिवर्तन हुँदा संक्रमण फैलिएको बताइन्छ । लकडाउन हट्नुको अर्थ संक्रमण पनि घट्दै गएको रूपमा बुझेका कारण पनि समस्या आएको विज्ञहरू बताउँछन् । अहिल कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । सरकारको तयारी र विभिन्न अस्पतालमा संक्रमितको अवस्था हेर्दा महामारी कुन स्तरमा छ भन्ने बुझ्न सकिन्छ । अहिले नै बिरामीलाई बेड, अक्सिजन, आईसीयु तथा रेम्डेसेभिर लगायतका औषधि पाउन मुस्किल परेको छ । सरकार तथा नागरिकले युरोप, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका मुलुकमा कोरोनाको दोस्रो लहरले थलिदा नेपालमा पनि यस्तै अवस्था आउँछ भन्ने कुरालाई बुझेर जनस्वास्थ्यका मापदण्ड पालना गरेको भए अहिले यो अवस्था आउदैन थियो । तर, नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही, राजनीतिक असंवेदनशीता र सीमा आवस्यक सतर्कता नअपनाउनु नै भएको विज्ञहरु बताउछन् ।

कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा परेको असर त छँदैछ, निषेधाज्ञाका कारण विभिन्न क्षेत्रमा परेको असर अकल्पनीय छ । त्यसैले आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, भीडभाड नगर्ने, सामान किन्न निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउनुपर्ने विज्ञहरु बताउँछन् ।

कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले समयमै सतर्कता अपनाएको भए यो अवस्था नआउन पनि सक्ने थियो । त्यसैले अहिलेको यो अवस्थामा निषेधाज्ञाको सदुपयोग गर्न स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो बनाउर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने लगायतका काम गर्न आवश्यक छ ।