कोरोना विशेष

काठमाडौँमा बिहानै देखि निषेधाज्ञाको प्रभाव (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा आज बिहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै जिल्लामा एकसाथ निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको प्रभाव काठमाडौं उपत्यकाको सडकमा मजाले देखिएको छ । हिजो अस्ति बिहानीको घामसँगै उदाउने काठमाडौँ आज भने सुनसान नै देखियो । बिहानै देखि गाडीको भीड–भाड हुने काठमाडौँको सडकमा गाडी देख्न पनि मुश्किल देखियो ।

वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरू विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरू फाट्टफुट्ट संचालन भएका छन् ।