Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

कोरोनाबाट सरकार समेत भाग्दै, ओलीले हात उठाए, भटाभट मर्दैछन् जनता, सरकारलाई हाई सञ्चो

शुक्रवार विज्ञप्ती जारी गर्दै सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको बताएको छ ।


काठमाडौँ – पछिल्लो तीन दिनको मात्रै तथ्याङ्क हेर्ने हो भने कोरोनाका कारण ८५ जनाले ज्यान गुमाइसकेका छन् । १५ हजार ४२९ संक्रमित थपिएका छन् । एकातिर कोरोना काल थप जटिलतातर्फ उन्मुख भइरहेको छ भने अर्कातिर मुल सरोकार राख्ने स्वास्थ्य मन्त्रालय वेवास्तातर्फ उन्मुख भइरहेको छ ।
नेपालमा बिहीबार अहिलेसम्मकै धेरै ३५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । यस्तै शुक्रवार पनि ३३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो ३ दिनको तथ्याङ्क हेर्दा कोरोनाकै कारण ८५ जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । शुक्रवार मात्रै ५ हजार ७२७ जना नया संक्रमित थपिएका छन् । तीन दिनको अवधिमा १५ हजार ४२९ संक्रमित थपिएका छन् । यही अनुपातमा मृत्यु र संक्रमण दर बढे जेठ र असारमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने चेतावनी सरकारले समेत दिईसकेको छ । यता टेकु अस्पताल प्रशासनले भने आईसियु र भेन्टिलेरमा अब अरु विरामी भर्ना गर्न नस्कने अवस्था आईपुगेको र उपचार पद्धती जटिल भएका कारण व्यवस्थापनमा ठूलो चूनौती आइपरेको बताएको छ ।

बढ्दो संक्रमणका कारण अहिले उपत्यकाका अधिंकाश अस्पतालका वेडहरु भरिन थालेका छन । कोरोनाको ग्राफ बढ्दै जादा काठमाण्डौ उपत्यकाका अस्पतालहरुमा भेन्टिलेटर र आईसियु भरिँदै जादाँ कोरोना संक्रमितको उपचारमा समस्या देखिन थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ती जारी गर्दै सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको बताएको छ ।

कोरोनाको दोस्रो लहर धेरै जटिल भएकाले यस महामारीलाई स्वयम प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा गम्भिर भएर नलागे आम मनेपालीले सोचेभन्दा भयंकर डरलाग्दो अवस्था नआउला भन्न सकिन्न । त्यसो त स्वास्थ्यकर्मीहरु भयमित बन्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । कोरोनाको दोस्रो लहरले भयावह अवस्था सिर्जना गरिसक्दा पनि सरकार भने आगामी कदमका लागि संवेदनशील भएको देखिदैन ।