Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु


काठमाडौँ – कोरोना संक्रमण भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना भएकी पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ ।

कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।