Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुला रहने


काठमाडौँ – कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेकोले काठमाडौँ उपत्यकामा बिहीबारबाट निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प भने खुला रहने भएका छन् । सरकारले निषेधाज्ञाको बेला सञ्चालनमा आउने भनेका अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

साथै उहाँले देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह समेत गर्नुभएको छ ।