Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

एपोलो–११ का सदस्य कोलिन्सको निधन


काठमाडौँ – मानव जातिलाई चन्द्रमामा पु¥याउने पहिलो अभियान एपोलो–११ का एक सदस्य माइकल कोलिन्सको निधन भएको छ ।
क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो । एपोलो–११ का कमाण्डर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ थिए ।