Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

सर्वोच्चका पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीको पुस्तक सार्वजनिक


काठमाडौँ – सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक सार्वजनिक गर्नुभएको छ । पूर्व प्रधानन्यायाधिस एवं मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बिमोचन गर्नुभएको पुस्तकमा पूर्व प्रधानन्यायाधिशले सर्वोच्च अदालतमा आफुले बिताएको समयको प्रसंगहरु समेट्नुभएको छ ।

संयोगको पानाहरु नामको पुस्तकमा धेरै प्रसंग नेपालको अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफुले भोगेका विषयलाई शब्दमा व्यक्त गर्नुभएको छ । करिब २७ वर्ष न्यायपालिकामा बिताउनुभएका लेखक पराजुलीको प्रधानन्यायाधिश बनेपछिको बर्हिगमन भने सुखद रहेन । दोहोरो जन्ममितिको विवादले बाहिरिनु पर्यो ।

पुस्तकमा न्यायालयभित्रको बेथिति र बिसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।