Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओलीका गतिविधि बन्द नहुञ्जेल हाम्रो अभियान बन्द हुँदैन : भिम रावल


काठमाडौँ – नेकपा (एमाले)का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताउनुभएको छ ।

बुधबार नेकपा (एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरेको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताउनुभएको हो ।

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताउनुभयो । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उहाँको भनाई छ । नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताउनुभयो ।

नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उहाँको भनाई छ ।