Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

अमेरिकले प्रदान गर्ने खोप ल्याउन सरकारले कूटनीतिक प्रयास गर्नुपर्छ : गगन थापा


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याउन सन्दर्भमा सरकारले सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जाको प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ ।
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अमेरिकाले विभिन्न देशलाई सहयोग स्वरुप दिने भनिएको कोरोनाविरुद्धको खोप ल्याउन नेपालले कूटनीतिक प्रयास गर्नुपर्ने बताएका हुन्।

मा. परराष्ट्रमन्त्रीज्यूलाई, अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु ।

नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको परिस्थिति भिन्न भएको छ। त्यसलाई सदुपयोग गर्दै नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नु भएको छ । स्टाटसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खोप ल्याउन पहल गर्न र नेपालस्थित अमेरिकी दूतावासले नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्‍याउन आवश्यक पहलकदमी चाल्न अनुरोध गर्नुभएको छ ।

अमेरिकी सरकारले विश्वव्यापी रूपमा करिब ६ करोड डोज बराबरको कोरोनाविरुद्धको खोप सहयोगका रूपमा प्रदान गर्न लागेको छ । यसले भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुने थापको विश्वास छ ।