Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सर्वोच्च अदालतको सेवा आजदेखि कटौती

वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने


काठमाडौँ – सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गरेको छ ।
प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकको निर्णयअनुसार वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने गरी बाँकी सेवा कटौती गरिएको सर्वोच्चले जनाएको छ । आजदेखि बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने निर्णय भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।