Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

माओवादी पार्टीको कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य


काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा महिलाको समावेश गर्ने भएको छ । माओवादीले आफ्ना सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले सो निर्णय गरेको एक हो । केन्द्रीय कमिटीमा दलीत समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको छ ।

माओवादी केन्द्रले २९९ सदस्यसहितको केन्द्रीय कमिटी बनाउने भएको छ । स्थायी कमिटी बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषध्यक्ष रहेको पदाधिकारी टिम रहने छ ।

पार्टीका सबै कमिटीमा कम्तीमा २० प्रतिशत युवा (४० वर्षभन्दा कम) लाई समावेश गरिने निर्णय भएको माओवादी केन्द्रको निर्णय छ ।