Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सत्ता समीकरणबारे जसपाभित्र अझै असहमति


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) भित्र सत्ता समीकरणबारे अझै सहमति जुट्न सकेको छैन ।
सत्ता समीकरणबारे निर्णय लिन भन्दै पार्टी कार्यालय बालकुमारीमा आज बसेको शीर्ष नेताहरुको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा पनि नेताहरुबीच सहमति जुट्न सकेन । आजको बैठकमा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए । तर अध्यक्ष महन्थ ठाकुर पक्षले पर्सिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुने भएकाले बैठक बस्न नसक्ने बताएपछि कार्यकारिणी समितिको बैठक अनिश्चित बनेको हो ।