Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

जसपाका शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगियो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको एक नेताले जानकारी गराएका छन् । सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबार बसेको (जसपा)का शीर्ष नेताको छलफल पनि निष्कर्षविनै सकिएको हो ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए । त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताहरु छलफलमा बसेका हुन् । छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।