Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

एमाले सांसदद्वारा गण्डकी प्रदेशको संसद् बैठक अवरुद्ध

कोरोना परीक्षण नगरी बैठक डाकिएको आरोप


काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले गण्डकी प्रदेशको संसद् बैठक अवरुद्ध गरेका छन् । कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिएको एक सांसदले बताए । मुख्यमन्त्री अल्पमतमा परेकोले एमाले सांसद्हरुले कोरोना परीक्षण नगरेको वाहानामा संसद् अवरुद्ध गरेको आरोप विपक्षीहरुले लगाएका छन् ।