राजनीति

२५ जना मन्त्री बनाउन देउवालाई महाभारी, बालुवाटारमा मन्त्री बन्न आकांक्षीको लस्कर


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको झण्डै तीन साता पुग्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका अधिकांश नेता मन्त्रीका आकक्षी भएकाले मन्त्रिमण्डल विस्तारमा सकस परेको छ । मन्त्री बन्नकै लागि केही नेताहरु लाजै पचाएर बालुवाटार धाउन थालेका छन् ।

संविधानत नेपालमा २५ सदस्यीय मन्त्रीमण्डल गठन गर्न पाउने प्रावधान छ । तर गठबन्धनको सरकारमा अहिले मन्त्रीका आकंक्षी कैयौ छन् । त्यसैले पनि सत्तासिन दलहरुलाई मन्त्रीको टुंगो लगाउन निकै सकस परिरहेको छ । स्रोतका अनुसार यतिसम्म कि अहिले सिधै मन्त्रीको बन्न पाउँ भन्दै गठबन्धनका नेताहरु लाजै पचाएर बालुवाटारको ढकढकाउँन पुगिरहेका छन् । त्यसोत अहिले मन्त्रीमण्डल २५ जनासम्मको मात्र हुनुपर्ने कानुनी जटिलतालेगठबन्धनमा भागबण्डा मिलाउनुपर्ने दवावमा रहेका देउवालाई मन्त्रीमण्डल व्यवस्थापनमा निकै सकस परेको देखिन्छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा देउवाले इतिहासकै जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल बनाएर आलोचना खेपेका थिए । अब भने देउवालाई मनलाग्दी मन्त्रीमण्डल गठन गर्ने छुट छैन । तर सत्ता गठबन्धनमा मन्त्रीका आकक्षी धेरै हुँदा भने मन्त्रीमण्डल गठनमा भने सकस परि नै रहेको छ । मन्त्रीका आकक्षी धेरै भएपनि अब नेत्तृवले जसलाई विश्वास गर्छ उही मन्त्री बन्नेअवस्था छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भने ३ साता पुगीसकेको छ । यसबीचमा सांसद्बाट विश्वासको मत पनि पाइसकेका देउवाले गठबन्धनभीत्रका दलहरुको आन्तरिक किचलोले गर्दा मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छ्रैनन् । गठबन्धनका दलहरुले मन्त्री छान्न नसक्दा पनि देउवालाई मन्त्रिमण्डल टुंगो लगाउन सकस परेको देखिन्छ । त्यसोत त अहिलेसम्म प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् ।

त्यसोत, यो बीचमा न त माओवादीले आफ्नो भागको मन्त्रीको टुंगो लगाउँन सकेको छ न त जसपाले नै । हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री छन् । कांग्रेस र माओवादीमा पनि थप मन्त्री छान्न बाँकी छ । यसै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरुको व्यवस्थापनमा टाउको दुखाईको विषय बनेको छ ।

जुन कुरा प्रचण्डले सार्वजनिक मञ्चमै व्यक्त गरिसकेका छन् । यता माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउनका लागि समय लागेकाले मन्त्रिमण्डल गठन हुन नसकेको कतिपय नेता जिकिर गर्दछन् । त्यसोत करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर लामै छ । निर्वाचित भइसकेकाले आकक्षा देखाउनु स्वभावीक हुने कतिपयको बुझाई रहेको छ ।

पछिल्लो समय देउवाले स्वास्थ्य राज्यमन्त्री नियुत्तिमा व्यापारिक घरानाका मानिसलाई जिम्मेवारी सुम्पिएको भन्दै आलोचित बन्न पुगे । यता लामो समयसम्म मन्त्रीमण्डल विस्तार गर्न नसकेर देउवा आलोचित बनिरहेका छन् नै अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन बन्दा जनजीविकासँग सम्बन्धित कतिपय मुद्दा अलपत्र बनेका छन् ।