खेलकुद

१९ औं एसियाली खेलकुद एसियाड स्थगित


काठमाडौँ — चीनको हानझाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद एसियाड स्थगित भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा बढ्दै गरेको कोरोना महामारीलाई लिएर एसियाड स्थगित भएको हो । एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ ९२४ भदौ २५ देखि ९ असोज सम्मका हानझाउमा हुने तय थियो । अब एसियाड सन् २०२३ हुने बताइएको छ । नेपाल ओलम्पिक कमिटी एनओसीले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी, ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड रोक्ने निर्णय भएको जनाएको छ । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।