अर्थनीति

सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ — नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।