समाचार

सुनसरीमा बाँदर आतंक : भान्साको खानेकुरा जोगाउन पनि धौधौ


काठमाडौँ – सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् ।
गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरुलाई दुई वर्षयता बाँदरले दुःख दिन थालेको हो । खेतबारीमा लगाइएका बालीनाली बाँदरले नष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका छन ।

सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थमालेपछि स्थानीयवासीलाई सास्ती भएको छ । दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाईते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताए । रातको समयमा शंकरपुरको यो बाँसघारीमा बस्ने बाँदरहरुले दिनभर समूहमा निस्किएर देवागञ्जका विभिन्न बस्तीका किसानहरुको खेत तथा घरमा पसेर उपद्रो मच्चाउँने गरेका छन् ।

बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताए । आँगनमा सुकाइएका लसगाफाटो च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाईते बनाउने समेत गरेको उनले बताए । बाँदरले खेतबारीमा लगाइएको बालीनाली नष्ट मात्र गरेको छैन, भान्सामा पसेर पकाएको खानेकुरा खाने, आँगनमा सुकाएको कपाडाहरु च्यातिदिने र मानिसहरुलाई चिथोर्नै समेत गरेको स्थानीय बताउछन् ।

उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेताले बताए । गुलेली हान्ने र टिन ठटाउने लगायतका अनेक उपाय अपनाएपनि बाँदरको समूह अगाडी आफ्नो केही नलागेको उनले बताए । यस विषयमा गाउँलेहरुले स्थानीय प्रशासन र गाउँपालिकालाई हारगुहार गरेपनि समस्या समाधानमा कुनै निकायले चासो नदिएको मेहताले गुनासो गरे ।

जिल्ला प्रशासन कार्यलयले पनि चासो नदिएकोले स्थानीयहरु आफैँ मिलेर बाँदरलाई अल्मल्याउन भन्दै बाँदरको बासस्थान बाँसघारीमैं काँचो शब्जी, चिजबल र भुजा लगेर छरिदिने गरेको स्थानीयहरुले बताए ।