बिजनेस

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन उल्लास


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २ हजार ६३३ दशमलव ६५ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ ।

साताको कारोबारको चौथो दिन आज २ सय २३ कम्पनीको ३७ हजार ५ सय ८५ पटक कारोबार भएर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ । आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवनबीमा समूहको सूचक रातो देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।