मनोरञ्जन

सर्लाही आईडल नथुनी विश्वकर्मालाई


काठमाडौँ – सर्लाहीस्थित सामाजिक संस्था विज्ञापन सेवा समितिले आयोजना गरेको पहिलो सर्लाही आईडलको उपाधि नथुनी विश्वकर्माले जितेका छन् । सर्लाही सदरमुकाम मलंगवामा आयोजित फाइनलमा १२ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

विश्वकर्माले ५१ हजार रुपैया नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सुवैना सिंह उपविजेता र अमरनाथ यादव तेस्रो भएका छन् । सिंहले नगद ३१ हजार र यादवले नगद २१ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष बख्तियार अलीले जानकारी दिए ।