समाचार

सरकारी जग्गामा ल्होत्से बहुउद्देश्यीय सहकारीको लुट, सपिङ सेन्टर बन्दै बसपार्क


काठमाडौँ – नेपालमा सरकारी जग्गा कौडीको भाउमा लिएर करोडौँ कुम्याउने व्यक्ति संस्था वा कम्पनीहरुको कमी छैन । काठमाडौँको नयाँ बसपार्कको व्यवस्थापकीय जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थाले पनि यस्तै मनोपरी गरिरहेको छ ।

काठमाडौँको नयाँ बसपार्कको व्यवस्थापकीय जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थाले बसपार्कभित्र मनोपरी गरिरहेको छ । २०५६ सालमाबसपार्क व्यवस्थापनको जिम्मा ल्होत्से सहकारीले पाएको थियो । जुन सहकारी अहिले ग्रान्डी अस्पतालका समेत मालिक रहेका दीपक कुँवरको नेतृत्वमा चलिरहेको छ । सहकारीले बसपार्कमा यात्रुलाई सहज हुने दृष्टिबाट जति काम गरेको छ त्यो भन्दा बढि लुट मच्चाईरहेको छ । खासमा बसपार्कको लागि जापानले बनाएको संरचना भन्दा नथपेको सहकारीले यस क्षेत्रलाई बसपार्क भन्दा सपिङ सेन्टरका रुपमा विकास गरिरहेको छ ।

सरकारले जनतासँग अधिग्रहण गरेको र जापान सरकारले बनाइदिएको नयाँबसपार्क काठमाडौं महानगरपालिकाले दीपक लोत्सेलाई ३० बर्षका लागि दिएको छ । स्रोतका अनुसार लोत्सेले बार्षिक एक करोडको हाराहारीमा मात्र महानगरलाई भाँडा बुझाउदै आएको छ । तर त्यो रकम बुझाउन उसलाई यात्रुले सौचालय प्रयोग गरेबापतको रकम नै प्रयाप्त हुने गरेको छ ।

जबकि अधिंकाश शौचालय जापान सरकारले नै बनाईदिएको हो । जसको प्रयोग बापत वस चालक तथा त्यहा कार्यरत मजदुरले समेत पैसा बुझाउनु पर्छ । यतिमात्र हैन लोत्सेले वसपार्क भित्र काम गर्ने कुल्लीहरु ताथ ग्रिज लगाउनेहरु बाट समेत मासिक शुल्क उठाउदै आएको छ । जहाँ कार्यरत २४ जना कुल्लीहरुले मासिक १२ हजाररग्रिज लगाउनेले १० जनाले मासिक १ हजार बुझाउदै आएका छन । तर बाहिर बाट आउने गाडिलाई वस पार्किङ भित्र पठाउने र आफू त्यहा जान नपाउने हुनाले आफ्नो रोजीरोजी भने गुम्दै गएको वसपार्कमा कार्यरत मजदुरहरु बताउछन ।

बसपार्क भित्र गाडीको चाप विस्तारै बढ्दै गएको छ भने सबै समितिलाई काउन्टर समेत पुगेको छैन । तर बसपार्कको १६१ रोपनी मध्ये ८१ रोपनीमा लोत्सेले व्यापारीक संरचनाहरु बनाएको छ । त्यसैगरी बसपार्कभित्र रहेको गोलघरका नामले चिनिने एउटा भवन छ । यो भवनमा पनि सयौं सटर बनाएर करोडौं उठाएर बेचिएका छन् । यति मात्र होइन, बसपार्कभित्र बनाइएका यात्रु प्रतिक्षालय (वेटिङ रुम)हरु समेत विभिन्न संरचना बनाएर लाखौमा बेचिएका छन् ।

जापानले बनाईदिएको गोलघरको भुइतलामा बसहरु पार्किङ गर्ने भनिएको थियो । तल बसहरु पार्किङ गर्ने र त्यसको माथिल्लो तलामा यात्रुहरुको सुविधाका लागि रेस्टुरेन्टहरु चलाउने भनिएको थियो । तर, अहिले तल र माथि सबैतिर सटरहरु बनाइएका छन् । लोत्सेले प्रतिसटर १० देखि २५ लाखसम्ममा बेच्ने गरेको व्यापारीहरु बताउछन । तर सहकारीका जनसम्पर्क व्यवस्थापक पंकज मल्ल भने यो आफूहरु विरुद्ध चलाईएको अफवाह बताउछन ।

बसपार्क भित्र रहेका यात्रु प्रतिक्षालय र सोधपुछ कक्षहरुलाई पनि काउन्टर बनाएर बेचिएका छन् । त्यहाँ बनाइएका काउन्टरहरु पनि लोत्सेले २ लाखदेखि १० लाखसम्म लिएर बेच्ने गरेको छ । त्यस्तै लोत्से महलमा रहेका १५० हल तथा कोठाहरुबाट समेत मोटो रकम उठाउदै आएको छ ।अवस्था कस्तो सम्म छ भने जापानी लगानीबाट बनेको संरचनाको प्रयोगबाटै लोत्सेले बार्षिक २५ करोड कमाउने गरेको छ जबकी महानगरले भने कौडी बराबर अर्थात १ करोडको हाराहारीमा पाउछ ।