विदेश

श्रीलंकाद्वारा आफ्नो मुलुक टाट पल्टिएको घोषणा


काठमाडौँ — श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा गरेका हुन् ।

मुलुक देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ भने विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्थामा पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् ।

प्रधानमन्त्री विक्रेमासिंघेले श्रीलंकाको अवस्था निकै भयावह रहेको भन्दै अन्तर्राष्टिय समूदायसँग सहयोगको अपिल समेत गरेका छन ।