कोरोना विशेष

विश्वभर २ अर्ब डोज खोप पुर्याउने चिनियाँ राष्ट्रपति सीको घोषणा


काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनफिङलेविश्वभर २ अर्ब डोज खोप पु–याउने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।

यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि घोषणा गरेका छन् । यसलाई विश्व स्वास्थ्य सङ्गठनले सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत गरिब देशलाई खोप उपलब्ध गराइन्छ । पछिल्लो केही महिना चीन र अमेरिकाबीच ‘भ्याक्सिन डिप्लोमेसी’ को होड चलेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले १० करोड खोप आवश्यकताअनुसार देशहरूलाई वितरण गर्ने बताएका थिए । अर्को महिना १०० गरिब देशलाई अमेरिकाको फाइजर खोपको ५० करोड डोज घोषणा गरिसकेको छ ।