राजनीति

विवादित उद्योगमन्त्री हमालले दिए राजीनामा


काठमाडौँ – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएको हो ।

स्वविवेक प्रयोग गरेर राजीनामा दिएको हमालले बताउनुभयो । उनी तीन दिनअघि असोज २२ गते मन्त्रीमा नियुक्त हुनु भएको थियो । विवादमा परिरहनु भन्दा राजीनमा दिन नै उचित लागेर यो कदम चालेको उनले स्प्रष्ट पार्नेभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि स्वीकृत गर्न दवाव मिल्ने भएकोले मिडियामा राजीनामाको घोषणा गरेको बताए । हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान समेत हुनुहुन्छ ।

यसैसँग सम्बन्धित समाचार : उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा