Breaking

विद्युतीय गाडीमा आकर्षण बढ्दो, बाहिरिरहेको रकम स्वदेशमै राख्ने लक्ष्य


काठमाडौँ — आज देखि भृकुटीमण्डपमा पहिलो पटक नाडाले विद्युतीय गाडी प्रदर्शनमा राखेको छ । इन्धनको नाममा वर्षेनी अर्वाै रुपैयाँ बाहिर गइरहँदा त्यसलाई कम गर्न र विद्युतको खपत बढाउन नाडाले पहिलो पटक इभी एक्स्पो गरेको हो । केही सुस्त रुपमा रहेको नेपाली बजार दशै नजिकिएसँगै तातिन थालिसकेको छ । त्यही तातिरहेको बजारमा नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । बिहीबार देखि ९ गतेसम्म ४ दिन चल्ने एक्स्पोको पहिलो दिन नै उल्लेख्य भीड देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको एक्स्पोमा विद्युतीय गाडीको मूल्य न्यूनतम १६ लाख देखि २ करोड माथिसम्म राखिएको छ । इभी अर्थात् विद्युतीय गाडी नेपालको लागि नौलो हो । त्यसैले यसको विश्वसनीयता बारे आम नेपाली सर्वसाधारणलाई रहेको दुविधा चिर्न एक्स्पोेले भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।

यस्ता एक्स्पोहरुले कम्पनी र ग्राहकबीचको सम्बन्ध नजिक राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । ग्राहकहरुको लागि मात्रै नभई कम्पनीहरुका लागि पनि यस्ता खाले मेलाले बजार विस्तार गर्न ठूलो योगदान गरेको छ । आफ्नो गाडीहरु ग्राहकमाझ पुर्याउने यो एउटा राम्रो अवसर भएको मोटर्स कम्पनीका डिलरहरु बताउँछन् । दिवाकर रेग्मी, डिलर प्रतिनिधि, हुण्डाई इभी शोरुम
देशमा आर्थिक संकटको समाचार बेलाबेलामा आइरहन्छ ।

इन्धनको नाममा वर्षेनी अर्वाै रकम बाहिरिरहेको छ । यसलाई कम गर्न पनि ग्राहकहरुको अकर्षण विद्युतीय गाडीतिर बढाउन आवश्यक छ । विद्युतीय गाडी चढ्दा खर्च पनि कम लाग्ने र सहज पनि हुने भएकाले प्रयोगकर्ताको रुची त्यतातर्फ बढेको पाइन्छ । उ

नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ । साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखिएको छ । एक्स्पो अवधिभर ४० हजार ग्राहकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।