राजनीति

लोकतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धन गर्नपर्याे : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयतालाई जोगाउन पाँच दलीय गठबन्धन बनाएको बताउनुभएको छ ।
योहो टेलिजभनको सत्य संवाद कार्यक्रममा अध्यक्ष यादवले पाँच दल चुनावी तालमेल गर्दै अगाडि बढ्ने पनि बताउनुभयो । कानुनी र राजनीतिक लडाइँ लडिरहेको बताउँदै उहाँले कोरोना महामारीका कारण मात्रै सडकमा उत्रन नसकेको जिकिर गर्नुभयो ।

अध्यक्ष यादवले केपी ओली इतर वामपन्थीहरुबीच एकताको गृहकार्य भइरहेको समेत बताउनुभयो । अध्यक्ष यादवसँगको सांवाद आज राति ९ बजेट १० मिनेटमा योहो टेलिभिजनमा प्रशारण हुनेछ ।