राजनीति

राष्ट्र बैकको परिपत्रले शेयरमा सुधार,पाँच मिनेटमा नै ६४ अंकले बढ्यो


काठमाडौँ – मंगलबार नेपाल स्टक एक्स्चेञ्ज ७७ दशमबल ३३ अंकभन्दा बढीले घटेको शेयर बजारमा बुधबार कारोबार शुरु भएको पाँच मिनेटमा नै ६४ दशमबल ६४ अंकले बढेको छ । बुधबार अधिकांश उपसमूहमा हरियाली देखिएको छ । बजार ७४ दशमलब ३३ अंकले बढेर नेप्से दुई हजार पाँच सय ८५ दशमबल ४३ अंकमा पुगेको छ ।
नेपाल राष्ट्र बैकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै एक परिपत्र जारी गरेको थियो । त्यसै परिपत्रको प्रभाव आजको शेयर बजारमा परेको हुनसक्ने विश्लेषकहरु बताउँछन् । तरलता अभाव रहेको भन्दै बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ब्याजदर बढाएपछि राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा बढी परिवर्तन गर्न पाउने छैनन् । गत असोजको तुलनामा कात्तिकमा बैंक तथा वित्तीय संस्थाले २५ देखि ३० प्रतिशतसम्म ब्याजदर बढाएका थिए ।