कोरोना विशेष

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई कोरोना संक्रमण


काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । अधिकारीलाई लक्षणहरु देखिएपछि कोरोना परीक्षण गराउनुभएको थियो ।

उहाँलाई केही दिनयता जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरु देखिएका थिए । पोजेटिभ रिपोर्ट आएपछि अधिकारी आइसोलेसनमा बस्नुभएको छ ।