खेलकुद

राखेपका नवनियुक्त सदस्यसचिव घिसिङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको ध्यानाकर्षण


काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा खेलाडीको सामाजिक सुरक्षा, अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको ब्यवस्था, स्वर्ण पदक जितेका खेलाडीलाई प्रदान गर्दै आएको प्रोत्साहन भत्तामा आउँद दिनमा अन्य पदक जित्ने खेलाडीका लागि पनि व्यवस्था गर्न माग गरिएको छ ।

खेलाडीहरुले मागपत्र बुझाएपछि सदस्य सचिव टंकलाल घिसिङले खेलाडी संघले राखेको धेरैजसो मागहरु आफूलो तयार पारेको कार्ययोजनामा रहेको बताउनुभयो । खेलकुद पृष्ठभूमिका समेत रहेका सदस्य सचिव खेलकुदमा विज्ञ भएको भन्दै खेलाडीसंघले राखेका मागलाई केहि हदसम्म सुनुवाई हुनेमा खेलाडी विश्वस्त भएका छन् ।