देश

मोटरसाइकलबाट खसेर भारतीय महिलाको मृत्यु


काठमाडौँ – शनिबार सर्लाहीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–६, बयलबास चोकमा भारतीय नम्बरप्लेटको मोटरसाइकलबाट खसेर ३५ वर्षीया भारतीय नागरिक महमुदा खातुनको मृत्यु भएको हो ।

स्थानीय गोदावरी अस्पतालमा उपचारको क्रममा बेलुका पौने ८ बजे उनको मृत्यु भएको जनाइएको छ । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा लिएको छ ।