समाचार

मुगुको छायाँनाथ बस दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


काठमाडौँ – मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै र ८ जनाको उद्वारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्याइएको थियो ।

केही घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्नसक्ने प्रहरीले जनाएको छ ।