Uncategorized

मामुलीकार्यकर्ता कसरी मन्त्री बने ?प्रधानन्यायाधीशलाई पद छोड्न दबाव(भिडियोसहित)


काठमाडौँ –२५ सदस्यीयमन्त्रिपरिषद्लाई पूर्णतादिएकाप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्रीबनाएपछिआलोचनाचुलिएको छ । तर देउवाले त्यसको बचाउ गरेका छन् । नेपालगञ्जमाबसेर जिल्लास्तरकै सामान्य राजनीतिगरिरहेकागजेन्द्रबहादुर हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्यतथाआपूर्ति मन्त्रीबनाईदिए ।पाँचदलीयगठबन्धन नेतृत्वको सरकारमाचार दलबीचभागबण्डामिलाउँदाएक कोटाप्रधानन्यायाधीशचोलेन्द्र शम्सेर जबराको भागमा समेत परेपछिहमालमन्त्रीबनेकाहुन् । २५ सदस्यीयमन्त्रिपरिषद्माप्रधानन्यायाधीश जबराका जेठानसमेत रहेकाएक गैरसांसदमन्त्रीबनेपछिप्रधानमन्त्री देउवाको क्याविनेट नै खल्लो बनेको छ । तर प्रधानन्यायाधीश जबराको जेठानभएकै नाताले प्रधानमन्त्री देउवाले आफुलाई मन्त्रीबनाएको कुरा हमालकालागि स्वीकार्य छैन ।

प्रधानन्यायाधीश जबराको चाहनामामन्त्रीबनेपनिहमालकांग्रेसकैक्रियाशीलकार्तकर्ता हुन् ।हालकाँग्रेस क्रियाशिल सदस्य रहेकाउनले १३ औँ महाधिवेशनका बेलामहाधिवेशनप्रतिनिधिमा पराजयब्यहोरेकाथिए । पार्टीविभाजनपछि देउवा नेतृत्वकै कांग्रेसको बाँके सभापतिभएर काम गरेकाहमाल २०६४ को संविधानसभानिर्वाचनमापराजितभएकाथिए ।

तथापीसंविधानमाभएको व्यवस्थाअनुसार प्रधानमन्त्रीले गैरसांसद व्यक्तिलाई समेत उसको आवश्यकता र विज्ञतालाई हेरेर ६ महिनाकालागिमन्त्रीनियुक्तगर्न पाउने व्यवस्था छ ।त्यहीव्यवस्थामा टेकेर देउवाले उनलाई मन्त्रीबनाएकाहुन् । हमाल ६ महिनाभित्र संघीय संसद्को सदस्यमानिर्वाचितनभएपदमुक्तहुनेछन । तर राजनीतिकदलहरूबीचको भागबन्डामाप्रधानन्यायाधीश जबराको नामसमेत जोडिएपछि देशमानयाँ बेथिति संस्थागतभएको विश्लेषणगरिएको छ ।

न जनताले दिएको जनमत, न कुनै दलमा सक्रिय राजनीति, न कुनै अदभूतक्षमतातथापीशक्तिशालीमन्त्रालयको नेतृत्वहमालले पाएपछिप्रधानमन्त्री र प्रधानन्यायाधीशले त्यसको औचित्यपुष्टिगर्नुपर्ने टिप्पणीभइरहेकाछन् ।

तर प्रधानमन्त्रीदेखि सत्तारुढदलकाशिर्ष नेताले मन्त्रीहमालसहितप्रधानन्यायाधीशको बचाउ गरेकाछन् ।प्रधानमन्त्री देउवाले काँग्रेसकै कोटाबाटहमाललाई मन्त्रीबनाएको दाबीगरिरहेकाछन् भने माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालप्रचण्डले प्रधानन्यायाधीशको कोटाबाटमन्त्रीबनाएको चर्चामातुक नभएको बताएका छन् ।

यसअघि केपीओली नेतृत्वको सरकारमा समेत सांसद नभएकायुवराजखतिवडालाई अर्थमन्त्रीबनाएर पछि राष्ट्रियसभामातानिएको थियो । त्यसको केही समयपछिअर्का गैरसांसद मणिथापालाई समेत ओलीले मन्त्रीबनाएकाथिए ।त्यही दृष्टान्त देउवाले समेत दोहो¥याएकाहुन् ।ओलीको सरकार ढालेर देउवालाई प्रधानमन्त्रीबनाउनप्रधानन्यायाधीश जबराकै इजलासले परमादेश दिएको थियो ।जबरा प्रधानन्यायाधीशनभएको भए सायद देउवाप्रधानमन्त्रीबन्दैन थिए, देउवाप्रधानमन्त्रीनभएको भएहमालमन्त्रीहुँदैन थिए, हमालमन्त्रीनभएको भएविधि, पद्दतीर लोकतन्त्रमाथिहमलाहुँदैन थियो भनेर कतिपयले टिप्पणीसमेत गरिरहेका छन् ।