राजनीति

माधव खोज्ने अष्टलक्ष्मीलाई मञ्चमै ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?


काठमाडौँ – एमाले विभाजनपछि दोडधुपमा निकै व्यस्त बनेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई कमजोर पार्ने रणनीतिमा छन् । तर आफ्नै पार्टीमा रोकिएका तेस्रोधारप्रति ओलीको उपेक्षा बढ्दै गएको छ ।

स्टेज उभिएर मुसुक्क मुस्कुराएपछि बोल्न थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विहिबार पनि एमाले ध्वस्त पार्न खोज्ने सडेगलेका र विग्रीन थालेका तत्वहरु पार्टीबाट बाहिरीएको ठोकुवा गरे । झापा, बुटवल हुँदै विहिबार काठमाडौंमै उत्रिएका ओलीले एमालेबाट विभाजित माधवकुमार नेपाललाई खरानी घसेर तीर्थयात्रामा निस्किएको भन्दै अन्यलाई पार्टीमा फर्किन आग्रह गरे । अध्यक्ष ओलीले मौरीको संगत गर्दा फुलबारीमा पुगिने दाबी गर्दै झिंगाको संगत नगर्न आग्रह गरे ।

एमाले विभाजनको कारक तत्व नै माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई मान्दै आएका ओलीलेनेकपा विभाजनपछि माओवादी केन्द्र नाममात्रै बाँकी रहेकालेप्रचण्डसंग अल्झिएर नबस्न आग्रह गरे ।केहीदिन यता पार्टी विघटन गर्नुपर्ने अवस्थाको आँकलन र आफु एक्लो भइन्छ कि भन्ने डरमा रहेका प्रचण्डको भनाईप्रति लक्षित गर्दै ओलीले प्रचण्डको आत्मबल गुमेको भन्दै हर्षबढाईसमेत गरे ।

ओलीले प्रचण्ड र माधवकुमार नेपालका नेता कार्यकर्तालाई एमालेमा आउन आग्रह गरिरहेका बेला आफ्नै पार्टीमा रोकिएका दोस्रो तहका नेताहरु भने सशंकित छन् । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई २०७५ जेठ २ मा फर्काउने आश्वासन सहित एमालेमै रोकिएका उनीहरुको जिम्मेवारी नफर्किएपछि ओलीमाथि शंका गरिरहेका छन् ।

पार्टी उपाध्यक्षसमेत रहेकी र माधव नेपालको साथ छोडेपछि मुख्यमन्त्री पाएकी नेतृ अष्टलक्ष्मी शाक्यले विहिबार छलछाम आवश्यक नभएको बताइन् । उनले माधवकुमार नेपाल गलत बाटोमा हिडेको बताउँदै एमालेमै फर्किनआग्रह गरिन । तर ओलीले शाक्यलाई जवाफ फर्काउदै फेरि पार्टी फुटाउन माधवको आवश्यक छ भन्दै प्रश्न गरे ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट विभाजितपछि माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीलाई कमजोर पार्न ओली सक्रिय बनेका छन् । आफ्नो पल्लाभारी बलियो बनाउन देशदौडाहमा केन्द्रीत बनेका ओलीले कार्यकर्तालाई भड्कीन नदिनविभिन्न प्रयास गरेको देखिन्छ । तर पछिल्लोसमय पार्टी विभाजनपछि माधव नेपालको साथ छाडेर एमालेमै रोकिएका नेताहरु भने ओलीको व्यवहारप्रति थप सशंकित बन्दै जाँदा आन्तरिक शक्ति संघर्ष नै एमालेका चुनौति बनेका छन् ।