Breaking

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियारको नियन्त्रणमा


काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको छ । विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरू नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो ।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उहाँको भनाइ थियो ।