बिजनेस

मंगलबार पनि घट्यो नेप्से, राधा पोखरेल भन्छिन् : शेयर बजार बढेको नियामकले देखि सहेनन् (भिडियोसहित)


काठमाडौँ – सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज बजारसँगै कारोबार रकम समेत घटेको छ ।

सोमबार ४ अर्ब ५४ करोड बराबरको कारोबार भएको थियो । आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेको छ । यसैविच, लगानीकर्ताहरुले नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएका छन् ।

नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको उनीहरुको आरोप छ । मौद्रीक नीतिको समिक्षा पछि नेपालको शेयर बजार अस्थिर बनेको छ । यहि कारण यति बेला शेयर लगानीकर्ता आक्रोशित बनेका छन् ।

सामाजीक संजालमा त झन लगानीकर्ताले सरकारको विरोधमा अभियान नै चलाइको छ ।