राजनीति

भारतले दार्चुला घटनाबारे अविलम्ब माफी माग्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले अविलम्ब सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सो धारणा राखेका हुन् । उनले छिटोभन्दा छिटो छानविन प्रतिवेदन ल्याएर भारत समक्ष गम्भीर आपत्ती प्रकट गर्न सरकारको ध्यानाकर्षण गराए ।