Breaking

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन् । ३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन्। एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् ।

रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् । उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन्। राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।