Breaking

भरतपुरको वडा नम्बर १० मा रेनु र ११ मा विजयको अग्रता


काठमाडौँ — भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना अहिले जारी छ ।
अहिलेसम्म ४५ हजार ६० मत गणना हुँदा महानगरको मेयरमा गठबन्धनकी रेनु दाहालले १६६८९, एमालेका विजय सुवेदीले १३४१० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ भोट पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ३२७९ छ ।

वडा नम्बर १० मा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ । केही भोटले दाहाल अघि छन् । वडा नम्बर ११ को प्रारम्भिक गणनामा सुवेदी केही भोटले अघि छन् । वडा नम्बर ११ को ११ सय मतगणना हुँदा वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन् । वडा नम्बर १० मा ३३४९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर खनाल २६० भोटले अघि छन् ।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले दोश्रो वडाध्यक्ष जितेको छ। वडा नम्बर ९ बाट उक्त पार्टीका उम्मेदवार यमलाल कँडेल विजयी भएका हुन् । उनी गठबन्धनबट वडाध्यक्षको उम्मेदवार थिए । कँडेलले १९५८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलाबल्लभ भुषालले १४०६ भोट ल्याए । यसअघि उक्त पार्टीले वडा नम्बर ७ मा पनि वडाध्यक्ष जितेको थियो ।