विदेश

फिल्म फेस्टिभलमा महिलाले निर्वस्त्र हुँदै भनिन् हामीलाई बलात्कार गर्न रोक्नुहोस्


.
काठमाडौँ — जारी कान्स फिल्म फेस्टिभलका क्रममा सहभागी एक युवतीले आफू निर्वस्त्र हुँदै बलात्कारबारे आवाज उठाएकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ती महिलाले आफूले लगाइरहेको लुगा अचानक खोल्दै ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ भन्दै चिच्याएकी हुन् ।

उनले युक्रेनमा हुने यौन हिंसाको विरोधमा आवाज उठाएकी हुन् । ती महिलाले युक्रेनी झण्डाको रंगसँगै उनको शरीरमा लेखिएको ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ शब्दहरू देखाउन पहिरन फुकालेकी थिइन् ।

युक्रेनी अधिकारीहरूले भने उनीहरूले देशका केही भागहरू कब्जा गर्ने क्रममा रूसी सेनाले महिलाहरूलाई बलात्कार गरेको आरोपको अनुसन्धान गरिरहेको बताएको छ । एजेन्सी