राजनीति

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

शनिबार नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी र सदनको अवरोधलगायतका विषयमा छलफल हुने भएको छ ।